काठमाडौं -। नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।
चुनौतिपूर्ण ठाउँबाट २५ वर्षीय रिजाल करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
