Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डब्ल्युएचओले जोन्सन एन्ड जोन्सनको खोपलाई दियो अनुमति


  • शनिबार, फाल्गुन २९ २०७७

  • डब्ल्युएचओले जोन्सन एन्ड जोन्सनको खोपलाई  दियो अनुमति

    विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अमेरिकी औषधी कम्पनी जोन्सन एन्ड जोन्सनको खोपलाईआपत्कालिन प्रयोगका लागि अनुमतिदिएको छ । अन्य खोपहरू दुई डोज लगाउनुपर्ने भएपनि यो खोप एकैपटक लगाए पुुग्छ ।
    डब्ल्युएचओको अनुमतिपछि अब अन्तर्राष्ट्रिय कोभ्याक्स अभियानअन्तर्गत गरिब देशहरुमा यो खोपलाई पठाउने बाटो खुलेको छ ।

    विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ११ करोड ९७ लाख नाघिसकेको छ । यद्यपी, निको हुनेको संख्या पनि पछिल्लो समय बढेको छ । अहिलेसम्म ९ करोड ६३ लाखभन्दा धेरै व्यक्ति निको भइसकेका छन् । सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ, संक्रमितको संख्या २ करोड ९९ लाख ९३ हजार ४ सय २३ छ । त्यस्तै, ब्राजिलमा कुुल संक्रमितको संख्या १ करोड १३ लाख ६८ हजार ३ सय १६ छ । भारतमा कुल संक्रमित १ करोड १३ लाख ३३ हजार ४ सय ९१ जना छन् ।

    पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८५ हजार कोरोनाका बिरामी भेटिएका छन् र यसमध्ये ९ जनाभन्दा धेरैको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij