Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटिए


  • मंगलबार, फाल्गुन २५ २०७७

  • चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटिए

    चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा र बाघको बच्चा मृत भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर क्षेत्र नारायणी नदी कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा मृत भेटिएको छ ।
    गैँडाको खाग खुर सुरक्षित छन् । योसहित यस चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ ।

    सरकारले चैत ९ गतेबाट गैँडा गणनम सुरू गर्दैछ । यस्तै निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको छ ।
    बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्ष मृत्यु भएको यो पहिलो बाघ हो ।
    निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा पाटे बाघको बच्चा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij