काठमाडौं – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका– ४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् ।
सिगास गाउँपालिका–९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका–५ बस्ने ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
