Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालकी सपना रोका बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा परिन्


  • मंगलबार, मंसिर ९ २०७७

  • नेपालकी सपना रोका बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा परिन्

    एजेन्सी- बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

    बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन् । सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् । सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् । बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij