Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछ: डब्लुएचओ


  • मंगलबार, असोज २० २०७७

  • संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछ: डब्लुएचओ

    एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार सो जानकारी दिएका हुन् । उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको छ । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

    उनकाअनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् । पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । डब्ल्युएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

    दक्षिणपूर्वी एसियामा संक्रमित बढे
    पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको छ । यद्यपि, युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्र वरिपरि भने मृत्यु हुनेको संख्यो धेरै देखिएको छ । तर अफ्रिका र पश्चिमी प्रशान्त क्षेत्र वरिपरि भने स्थिति राम्रो रहेको डब्लुएचओले जनाएको छ । डा.रायनले विश्वभर महामारी बढिरहेकोले सबैले सतर्क रहनुपर्ने चेतावनी दिएका छन् । उनका अनुसार संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुजिँ्रदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij