Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कञ्चनपुरमा धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु


  • शुक्रबार, असोज १६ २०७७

  • कञ्चनपुरमा धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु

    महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।

    ‘खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।’

    उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij