काठमाडौं– लायन्स क्लक अफ काठमाडौं प्रशन्न सेफले नयाँ बानेश्वरस्थित सितल चौतारी रेष्टुरेन्टमा असोज १३ गते वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
उक्त रक्तदान कार्यक्रम नेपाली रैथाने खानपान तथा अनुसन्धान अभियानको एक वर्ष पुगेको अवसरमा विभिन्न होटलहरुमा कार्यरत सेफहरु सहभागी रहेका लायन्स क्लब अफ काठमाडौं प्रशन्न सेफ आयोजकत्व तथा नेपाल इन्ष्टिच्युट अफ कुलनरी स्टडिज, ग्लोबल नेपलिज एसोसियसन र ग्याष्ट्रोलोजी एसोसियसन अफ नेपाल लगायतको सहयोगमा सञ्चालन गरिएको थियो ।

वर्तमान अवस्थामा रगत अभावलाई मध्यनजर गरी आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
