Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु


  • सोमबार, असोज ५ २०७७

  • मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

    काठमाडौं । मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो ।
    रुद्र कटुवालको माछा पोखरीमा उक्त पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न सीतालगायत ३ जना आइतबार बिहान माछालाई चारो हाल्न गएका र साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनै डुबेको अवस्थामा मृत फेला परेका छन् ।

    घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij