Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘झापा गोलीकाण्ड’ छानविन गर्न समिति गठन


  • शुक्रबार, भाद्र १२ २०७७

  • ‘झापा गोलीकाण्ड’ छानविन गर्न समिति गठन

    काठमाडौं – झापाको झापा गाउँपालिका–३ कामाटोलीमा स्थानिय र सुरक्षाकर्मी बीचमा झडप हुँदा ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको घटना छानविन गर्न समिती गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले रातोपाटीलाई जानकारी दिए ।

    समितिमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख सुशान्त बराल छन् । गृह मन्त्रालयको निर्देशनपछि झापाका प्रमुख जिल्ला अधिकारीले छानविन समिति बनाएका हुन् । बुधवार साँझ सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिकुलको मृत्यु भएको थियो । छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको प्रजिअ रानामगरले बताए ।

    झापाको कत्लामारीमा अब्दुल सलाम र ताहबुल हकले गोरु काटेको सुराक पाएपछि प्रहरी उनीहरुलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो । तर, प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि त्यहाँ पुग्यो । गोरु काट्नेलाई राती जिल्ला प्रहरी कार्यालय झापामा ल्याउँदै गर्दा बाटोमा झडप भएको थियो । झडपको क्रममा सशस्त्र प्रहरीले १० राउण्ड गोली चलायो ।

    अपराध अनुसन्धान र पक्राउको जिम्मा स्थानीय प्रहरीको भएपनि शसस्त्र प्रहरी गोरु काटेको गाउँमा किन पुग्यो भन्नेबारे स्थानीयले प्रश्न उठाएका छन् । सशस्त्रले अनाहकमा गोली चलाउँदा अनाहकमा निर्दोषले ज्यान गुमाएको स्थानीय प्रशासनको प्रारम्भिक निष्कर्ष छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij