Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतबारको मौसम पूर्वानुमान


  • आइतबार, साउन ३२ २०७७

  • आइतबारको मौसम पूर्वानुमान

    काठमाडौं – जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ ।

    आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ ।

    आइतबार दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

    यसैगरी, राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij