Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओसिनिया एजुकेशनले विध्यार्थीलाई सघाउने


  • बिहिबार, साउन २२ २०७७

  • ओसिनिया एजुकेशनले विध्यार्थीलाई सघाउने

    कोभिड-१९ को दोस्राे लहरका कारण प्रभावित अस्ट्रेलियाका मेलबर्न र सिड्नीमा रहेका विद्यार्थीलाई ओसिनिया एजुकेसन एण्ड भिजा सर्भिसेज अस्ट्रेलियाले सहयाेग गर्ने भएकाे छ ।मेलबर्नमा पछिल्लो समय फैलिएको कोरोना संक्रमणका कारण संकटकाल लगाइएको छ । चौथो तहको लकडाउनसँगै मेलबर्नका उद्योग व्यवसायहरू बन्द छन् । जसका कारण विद्यार्थीहरूले रोजगारीको अवसर गुमाएका छन्, जो सरकारका धेरै सहयोगको दायरामा समेत पर्दैनन् ।
    ओसिनिया एजुकेसन एण्ड भिजा सर्भिसेजले मेलबर्नको संकटकाल र लकडाउनको मारमा परेका त्यहाँका नेपाली विद्यार्थीहरूलाई तत्कालका लागि ५० जनालाई जनही ५० डलरको ‘ग्रोसरी भौचर’ सहायता दिने घाेषणा गरेकाे छ ।
    ओसिनियाका निर्देशक भूपाल सिटौलाले कोरोनाका कारण प्रभावित नेपाली विद्यार्थीहरूलाई कलेज तथा युनिभर्सिटीका कोर्सका साथै भिसा र माइग्रेसनका अरू पक्षमा छात्रवृत्ति र छुटको व्यवस्था गरिरहेको अवस्थामा मेलबर्नको अहिलेको स्थितिमा दैनिक जीवनयापनका पक्षमा समेत सहयोगको आवश्यकता देखिएकाले सुरूवाती हात अघि बढाएको बताए ।
    सिटौलाका अनुसार मेलबर्नमा बसिरहेका विद्यार्थीहरू जो कोरोनाका कारण काम गुमाएका छन्, उनीहरूका लागि अहिलेको सहयोग केन्द्रित हुनेछ । उनले भने, ‘यसका लागि केही मापदण्डहरू ताेकिएका छन्, ताकि समस्यामा रहेका विद्यार्थीहरूसम्म सहयोग पुगोस् ।’
    सहयोग पाउन विद्यार्थी मेलबर्नमा बसेको हुनुपर्ने, २०१९ को नोभेम्बर वा त्यसपछि अस्ट्रेलिया आएको हुनुपर्ने, काम नभएको वा गुमाएको हुनुपर्ने मापदण्ड ताेकिएकाे ओसेनियाका कार्यकारी सन्दिप खनालले बताए । ‘विद्यार्थीको समस्या हेरेर लचकता पनि अपनाइन्छ ।’
    सिड्नीका विद्यार्थीलाई पनि ग्रोसरी सहयोग
    मेलबर्नमा दोस्राे लहरको प्रभाव समुदायमा देखिन थालेकाले त्यता सहयोगको हात अगाडि बढाउँदै ओसिनियाले सिड्नीमा रहेका नेपाली विद्यार्थीहरूलाई पनि तत्कालीन सहयोग गर्ने जनाएको छ । तत्कालका लागि सिड्नीमा रहेका र समस्यामा परेका ५० विद्यार्थीलाई जनही ५० डलरको ग्रोसरी सहयोग गर्ने तयारी गरिएको अर्का निर्देशक शरद भुषालले जानकारी दिए ।
    कसरी लिने सहयोग ?
    मेलबर्नको महामारीमा परेका विद्यार्थीहरूलाई समस्या परेको अवस्थामा केही सहयोग होस् भनेर सुरू गरिएकाले ओसिनिया एजुकेसन एण्ड भिजा सर्भिसेजले विद्यार्थीलाई अनलाइनमार्फत फारम भर्न आग्रह गरेकाे छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij