Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना संक्रमण


  • मंगलबार, साउन २० २०७७

  • जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना संक्रमण

    महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिकाका २२ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन्। जलेश्वर नगरपालिका कार्यालयका ५२ जना कर्मचारीहरूको पिसिआर परीक्षण गरिएकोमा २२ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो।

    नगरपालिकाका प्रशासकीय अधिकृत रामुराज कडरियाका अनुसार संक्रमित सबै अहिले आइसोलेसनमा छन्। जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा संक्रमण पुष्टि भएपछि नगरपालिकाका बाँकी कर्मचारीहरूका साथै वडाध्यक्षहरूको पिसिआर परीक्षण गराउने तयारी भइरहेको प्रशासकीय अधिकृत कडरियाले बताए।

    कर्मचारीहरू संक्रमित भएपछि नगरपालिकाको कार्यालय अनिश्चितकाल सम्मका लागि सिल गरिएको उनले बताए। उनले कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङको काम समेत भइरहेको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij