Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुर्खेतमा पहिरोले विद्युत पावर हाउस भत्किँदा एक जनाको मृत्यु


  • सोमबार, असार १५ २०७७

  • सुर्खेतमा पहिरोले विद्युत पावर हाउस भत्किँदा एक जनाको मृत्यु

    सुर्खेत – पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ ।
    खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका – ६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।
    आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
    खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमती हुन् । उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij