Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

४८ घण्टामा १३ श्ययाको आइसोलेसन वार्ड बनाइँदै


  • आइतबार, चैत्र ९ २०७६

  • ४८ घण्टामा १३ श्ययाको आइसोलेसन वार्ड बनाइँदै

    घोडाघोडी-घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

    कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घण्टाभित्र वडा नं १ स्थित एक घर भाडामा लिइ आइसोलेन वार्ड बनाउने भएको हो । कार्यपालिका बैठकले १३ श्ययाको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिनुभयो ।

    प्रमुख चौधरीले आइसोलेसन वार्ड निर्माणका साथै नगरपालिकाका मुख्य चार स्थानमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागिएको बताउनुभयो । नगर प्रमुख चौधरी संयोजक रहेको १७ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij