प्रवक्ता क्षेत्रीको संयोजकत्वमा काफ्ले, लम्साल,केसी र सापकोटा उपसंयोजक
गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद संचार तथा प्रकाशन समितिले पुर्णता पाएको छ । एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकमा गठित १९ सदस्यीय समितिमा सहसंयोजकहरुमा अस्ट्रेलियावाट हेमन्त काफ्ले, अमेरिकावाट होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटालाई मनोनित गरिएको छ । यस्तै सदस्यहरुमा बसन्त रानाभाट, भवानी पन्त, विजय ज्ञवाली, डिल्ली अम्माइ, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, नवीन पोखरेल, निरु त्रिपाठी, राजकुमार थापा, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सुर्य थापा रहेका छन् ।

यसैगरी नेपालबाट संयोजन गर्नका लागि अशोक घिमिरे, बिनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी नारायणी लामिछाने, संजिता देवकोटा र उद्दव भट्टराई तोकिएका छन् । एनआरएन अभियानलाई चुस्त र दुरुस्त बनाउनुका साथै यसको काम कर्तब्यलाई अगाडि बढाउन बिश्वर छरिएर रहेको संचारकर्मी साथीहरुलाई समेटेर समिती गठन गरिएका संयोजक तथा प्रबक्ता डीबी क्षेत्रीले बताए । उनले कतिपय एनआरएन अभियानका सहकर्मी साथीहरु यस समितीमा नरहेपनि सबैलाई समेटेर बिभिन्न समिती मार्फत एक आपसमा हातेमालो गर्दै जाने संचार तथा प्रकाशन समितीको उद्देस्य रहेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
