Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश सरकारले दियो विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई ३ लाख राहत


  • सोमबार, चैत्र ३ २०७६

  • प्रदेश सरकारले दियो विषाक्त मदिरा सेवनबाट  मृत्यु भएका परिवारलाई ३ लाख राहत

    जनकपुुर – धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिने निर्णय गरेको छ ।

    प्रदेश २ सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

    स्थानीय तह र प्रहरी प्रशासनले दिने प्रतिवेदन अनुसार पीडित परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
    यससँगै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ लाई मदिरामुक्त प्रदेश बनाउने अभियान संचालन गर्ने जनाएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij