Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति सी कोरोनाको उदगम स्थल वुहानको भ्रमणमा


  • मंगलबार, फाल्गुन २७ २०७६

  • राष्ट्रपति सी कोरोनाको उदगम स्थल वुहानको भ्रमणमा

    वुहान– चिनियाँ राष्ट्रपति सी चिन फिङ कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको वुहान सहर पुगेका छन्। पिपुल्स डेलीका अनुसार राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन्।

    उनले त्यहाँ कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक कार्यकर्तालगायतसँग छलफल गर्ने कार्यक्रम छ। वुहानमा डिसेम्बर तेस्रो सातादेखि कोरोना भाइरस देखिन थालेको हो।
    कोरोना भाइरसविरूद्ध राष्ट्रपति सीले जनयुद्ध नै घोषणा गरेका थिए। कोरोना फैलिएपछि उनी पहिलो पटक मंगलबार वुहान पुगेका हुन्।
    कोरोना भाइरसको ठूलो संकट व्यहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ।
    सोमबार चीन जम्मा १९ जनामा मात्र कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। १९ मध्ये पनि १७ जनालाई मात्र चीन भित्र संक्रमण भएको बताइएको छ। दुई जना चिनियाँ नागरिक विदेशबाट फर्किदा संक्रमित भएर आएका थिए।

    चीनभित्र संक्रमित भएका १७ जना सबै कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको राजधानी वुहान सहरका नागरिक हुन्। लगातार तेस्रो दिन चीनमा वुहान सहरबाहिर कसैलाई कोरोना भाइरस संक्रमण भएको छैन।

    एक महिनाअघिसम्म चीनमा कोरोनाको संक्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो। करिब एक महिना अघि फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।
    जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो। सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो।
    कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ३ सय ९४ जना बिरामी भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij