पोखरा- विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए ।
खगेन्द्रमा मुटुको समस्या थियो । स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या खगेन्द्रमा रहेको प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।
खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ का मा भएको थियो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
