Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरी जवान श्रेष्ठले गायिका आस्था राउतविरुद्ध दिइन् उजुरी


  • शुक्रबार, माघ ३ २०७६

  • प्रहरी जवान  श्रेष्ठले गायिका आस्था राउतविरुद्ध  दिइन् उजुरी

    काठमाडौँ – गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

    चेकजाँचको क्रममा गायिका राउतले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र व्यवहार गरेकी भन्दै जवान श्रेष्ठले उजुरी दिएकी हुन् । श्रेष्ठको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले प्रहरी जवान श्रेष्ठले उजुरी दिएको पत्र आइपुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij