Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनकपुरमा पत्रकारमाथी कुटपिट : महासंघद्धारा कडा कारवाहीको माग


  • मंगलबार, पुष २२ २०७६

  • जनकपुरमा पत्रकारमाथी कुटपिट : महासंघद्धारा कडा कारवाहीको माग

    काठमाडौ ।समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्ना सहयोगी तथा नगर प्रहरी प्रयोग गरी पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा आज मेयर साहसंग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए ।

    ‘सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न हो ” महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासंघले घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न सरकारसंग जोडदार माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij