Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएन महासचिबको हैकमवाद,अध्यक्ष चुपचाप


  • आइतबार, पुष १३ २०७६

  • एनआरएन महासचिबको हैकमवाद,अध्यक्ष चुपचाप

    प्रवासमा बस्ने लाखौ नेपालीको बिश्वासको आधार बनेको गैर आवासिय नेपाली संघ यतिखेर नवनिर्वाचित महासचिब हेमराज शर्माको दादागीरी र अध्यक्ष कुमार पन्तको लाचारीपनका कारण बिवादको भुमरीमा फस्न थालेको छ । निर्वाचन भएको तिन महिना बित्न नपाउदै मनोनित बैठकवाट बिवादका झील्काहरु उत्पन्न हुन थालेपछि संसारभर बिश्वासको साझेदार संस्थाका रुपमा चिनिएको एनआरएन प्रारम्भमै नकरात्मक दृष्टीकोणको शिकार बन्न पुगेको छ । संस्थाको महासचिब जितेपछि हेमराज शर्माले बिधानको गलत ब्याख्या गरेर आफुखुसी आफ्ना मान्छे मनोनित गर्न थालेपछि संसारभर क्षेत्रीय तथा राष्ट्रीय संघहरुमा केन्द्रिय समितीको ओलाचना सुरु भएको हो । काही नभएको जात्रा हाडीगाउँंमा भनेझै क्षेत्रीय संयोजकले पारीत गरेर लगेको नामावलीलाइ समेत तिरस्कार गरे महासचिबले बिभिन्न महादेशमा आफुखुसी ब्यक्तीहरुलाई आइसीसीमा मनोनित गर्न सफल भएका छन भने कयैन विधान बिपरित कार्यलाई समेत बिधानको गलत ब्याख्या गरेर पार लाउने काममा उनि पोख्त देखिएका छन । उनको यो गलत कार्यमा अध्यक्ष कुमरा पन्त समेत लाचारी देखिएका छन ।
    जस्तो ओसेनिया क्षेत्रवाट संयोजक होम पाण्डेले लगेको लिस्टवाट प्रेम सापकोटालाई हटाएर महासचिब हेमराजले अर्को ब्यक्तीत्वलाई आइसीसी बनाए । यस्तै विधान बिपरितनै बेल्जीयमको एनआरएनमा उपाध्यक्ष बसेकी अनुजा प्रधानलाई एनसीसीको सहमती र आरसीको भावना बिपरित सिधै आइसीसीमा मनोनित गर्न महासचिबले ठुलै भुमिका खेले । दश घन्टा बैठक लम्बाएर बिधान बिपरित समेत आफेना नजिकका मनोनित गर्न सफ महासचिबले यतिखेर सस्तो फेसबुके प्रचार गरेर आफुलाई अब्बल देखाउन दिनरात लागिपरेका छन । फेसबुमा लाइभ गरेर संस्था भन्दा ब्यक्ती ठुलो भन्ने उनको सोचले यतिखेर एनअराएन चुर्लम्मै डुबेको छ भने उनले आफ्नो ब्यक्तीगत रिसबी साध्न केन्द्रिय कार्यसमितीको बैठकले गरेको निर्णयलाई समेत बंग्याउन थालेका छन । पुर्व अध्यक्ष भवन भट्टलाई कार्यसमिती बैठकवाट एनआरएनवाट भिजिट नेपाल २०२०लाई सफल बनाउन संयोजक तोकेपनि फेसबुक मार्फत अध्यक्ष कुमार पन्त मुख्य संयोजक रहेको र काम अगाडि बढेको स्टाटस राखेर बिवाद सृजना गर्न खप्पीस महासचिबले संस्थालाई कता लाने हुन हेर्न बाकीनै छ । यती मात्र होइन वर्तमान कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिब हेमराज शर्मा मिलेर पुर्व अध्यक्ष भवन भट्टसँंग दुस्मनी साध्न लेखापरिक्षण गराउने र बदनाम गराउने अभियानमा समेत लागेको देखिन्छ । यीनको हैसीयत भए उपेन्द्र महतो अनि जिवा लामिछाने देखि शेष घलेसम्मको कार्यकालमा भएका गरेका राम्रा र हाम्रा कार्यक्रमहरुको लेखापरिक्षण गराउन सक्नु पथ्र्यो तर किन भवन भट्ट मात्र भन्ने प्रश्न कार्यसमिती भित्रै उठेको देखीन्छ । यदि एनआरएन भित्र भए गरेका कयैन माफीयागीरीको पर्दाफास गर्ने हो भने संसारभर छरिएर रहेका कुनैपनि नेपालीले यो संस्थालाई कौडी पनि सहयोग नगर्ने बाताबरण बन्न सक्छ भन्ने हेक्का यी जापानी अर्थ कारोबारी कोषाध्यक्ष अनि विधानको बिज्ञ भने महासचिबले बुझेका छन की नाइ । यो भने हेर्न बाँकी नै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij