Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्साका दुई स्थानमा आगलागी हुँदा ५ लाखको क्षति


  • मंगलबार, पुष ८ २०७६

  • पर्साका दुई स्थानमा आगलागी हुँदा ५ लाखको क्षति

    पर्सा – पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ । छिपहरमाई गाउँपालिका १ मिर्जापुर बस्ने संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
    कोइरीको भन्सा घरबाट अचानक आगलागी हुँदा भन्सा घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बीआर २२के ९५३२ नम्बरको दुईवटा मोटरसाइकल, भण्डारण गरी राखेको २५ क्विन्टल धान तथा ५ क्विन्टल चामल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
    प्रहरी र स्थानीयवासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको र आगलागी कसरी हुन पुग्यो भन्नेबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    यसैगरी छिपहरमाई गाउँपालिका ५ बस्ने जवाहिर साह कलवारको गोठमा सोमबार आगलागी भएको छ ।
    आगलागीबाट गोठमा रहेका दुईवटा गाई जलेर घाइते भएका छन् भने भण्डारण गरी राखेको अन्नपात समेत जल्दा २० हजार मूल्य बराबरकव क्षति भएको प्रहरीले जनाएको छ ।
    स्थानीयवासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाउन सफल भएको र आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij