Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हात्तीको आक्रमणबाट कञ्चनपुरमा २ जनाको मृत्यु, ४ जना घाइते


  • बुधबार, मंसिर २५ २०७६

  • हात्तीको आक्रमणबाट कञ्चनपुरमा   २ जनाको मृत्यु, ४ जना घाइते

    काठमाडौं – जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
    महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँसकाट्न गएको समयमा हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया भुलीदेवी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    उपचारको लागि अस्तपाल ल्याउने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको हो ।
    हात्तीको आक्रमणबाट स्थानीय ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएको प्रहरीले जनाएको छ ।
    उनीहरु बिहानै घाँस काट्न जंगल जाँदा हात्तीको आक्रमणमा परेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij