Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिर्गौला पीडितद्धारा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन


  • सोमबार, मंसिर २ २०७६

  • मिर्गौला पीडितद्धारा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

    काठमाडौं – मिर्गौला पीडितहरुले निःशुल्क हेमोडायलासिसलगायतको सुविधा उपलब्ध गराउन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका छन् ।
    आफ्ना १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कोसिस गरेका थिए, तर समय नदिएको भन्दै उनीहरु नाराबाजी गर्दै त्यहाँबाट फर्किएका थिए ।
    सुरक्षाकर्मीहरुले पीडितका केही प्रतिनिधिहरुलाई प्रधानमन्त्री निवासको मूल गेटबाट भित्र पनि प्रवेश गराएका थिए । तर, भेट्न नपाएपछि उनीहरु फर्किए । प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएर पनि आफूहरुको गुनासो नसुनेको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।
    मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बिहान बालुवाटार पुगेका उनीहरुले जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रदर्शन गरे ।
    पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिसको सुविधा पाउनुपर्ने, विरामी कुरुवा बस्ने स्थानको उचित व्यवस्था हुनुपर्ने, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij