Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार लम्साललाई धम्की दिईएकाे प्रति महासघकाे गम्भीर ध्यानाकर्षण


  • आइतबार, कार्तिक २४ २०७६

  • पत्रकार लम्साललाई धम्की दिईएकाे प्रति महासघकाे गम्भीर ध्यानाकर्षण

    काठमाडौं -नेपाल पत्रकार महासंघका सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पतालविरुद्ध आन्दोलन गरेको विषयमा कात्तिक १६ गते योहो टेलिभिजनले रिपोर्ट प्रसारण गरेपछि सदस्य सचिव श्रेष्ठले पत्रकार लम्साललाई ५÷७ दिनअगाडिदेखि फेसबुकमा गालीगलौजको मेसेज पठाउनुका साथै कात्तिक २३ गते विहान टेलिफोनबाट मारिदिने धम्की दिएका थिए ।
    प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम भएको विज्ञप्तीमा जनाइएको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गर्दछ । र, धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij