Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु


  • शुक्रबार, कार्तिक १५ २०७६

  • कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु

    कैलाली – कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।
    महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार अंशु र लक्ष्मणलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएको थियो ।
    बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
    बस र बस चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार नै नियन्त्रणमा लिएको थियो ।
    बसको ठक्करबार २ जना बालकको मृत्यु भएपछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij