Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

६ लाख ६० हजारसहित मोरङबाट २० जुवाडे पक्राउ


  • बुधबार, कार्तिक १३ २०७६

  • ६ लाख ६० हजारसहित मोरङबाट २० जुवाडे पक्राउ

    मोरङ -मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ ।
    विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट कौडा १ सेट र नगद ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ ।
    यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।
    उनीहरुको साथबाट कौडा १ सेट र नगद दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij