Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्यालयको पर्खाल भत्किँदा धनुषामा एक बालिकाको मृत्यु


  • बिहिबार, असोज ३० २०७६

  • विद्यालयको पर्खाल भत्किँदा  धनुषामा  एक बालिकाको मृत्यु

    धनुषा – धनुषा जिल्लाको जनकनन्दी गाउँपालिका ४ खजुरीमा विद्यालयको कक्षा कोठाको पर्खाल भत्किँदा एक जना बालिकाको मृत्यु भएको छ ।
    खजुरीस्थित श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल दिउँसो पौने १ बजेको समयमा अचानक भत्किँदा ७ वर्षीया चञ्चला सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
    इसीडी कक्षा सञ्चालन भइरहेको १५र१६ जना बालबालिका पढ्दै गरेको कोठाको पर्खाल ढल्दा त्यसमा च्यापिएर घाइते भएका सदाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
    पर्खालले च्यापिएर खजुरीकै ६ वर्षीय बालक मोहम्मद समीर साफी गम्भिर घाइते भएका छन् । घाइते बालक साफीलाई थप उपचारका लागि विराटनगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij