Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाल्पामा अपरेशन गर्दा टाउकोमा चोट लागेका नवजात शिशुको मृत्यु


  • बिहिबार, असोज ३० २०७६

  • पाल्पामा अपरेशन गर्दा टाउकोमा चोट लागेका नवजात शिशुको मृत्यु

    पाल्पा- पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ ।
    गुल्मी जिल्लाको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जनाएको छ ।
    त्यसपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको हो । सुत्केरी आमाको त्यही अस्पतालमा उपचार भइरहेको छ । घटटनाको विषयमा पाल्पाको प्रभासस्थित प्रहरी चौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij