Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने


  • सोमबार, साउन २७ २०७६

  • नागढुंगादेखि कलंकीसम्मको  सडक हरियाली बनाइने

    काठमाडौं– सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।
    वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरेका छन् ।
    नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा. रामप्रसाद लम्साललले जानकारी दिए ।
    यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij