Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्मचारीलाई कार्यालय समयमा निस्कन निषेध !


  • सोमबार, साउन २७ २०७६

  • कर्मचारीलाई कार्यालय समयमा निस्कन निषेध !

    सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ ।कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाई गरेको हो ।

    कार्यालय समयमा कर्मचारी बाहिर निस्किदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य रुपमा लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

    कार्य सम्पादन सम्झौतालाई कार्यान्वयनमा ल्याउन निर्देशनसंगै सोको पालना गर्न र गराउने बाध्यात्मक अवस्था उत्पन्न भएको प्रवक्ता भुपाल बरालको भनाइ छ । उनका अनुसार सेवाप्रवाह चुस्त बनाउन र जवाफदेहीता बढाउन हरेक महिना र्बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

    अबदेखि मन्त्रालय र मातहतका निकायले प्रत्येक महिनाको १ गते दिउ“सो कामको गतिविधि र प्रभावकारितासम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।

    आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij