पोखरा -अन्नपूर्ण गाउँपालिकाले भोटे कुकुर संरक्षण गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार छैंठौ गाउँ सभामा आर्थिक वर्ष ०७६र७७ का लागि १७ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ, जसमा कुकुर संरक्षणका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए ।
गाउँपालिकाले असार ४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत प्रमुखताका साथ भोटे (टिबेटिएन म्यास्टिफ) जातको कुकुरलाई संरक्षण गर्ने उल्लेख गरिएको थियो ।
भोटे कुकुर संरक्षण गर्न क्याम्प नै सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
गाउँपालिका अध्यक्ष कुँवरले अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भोटे कुकुर गाउँपालिकामा पनि घटिरहेको अवस्थामा आफूहरुले संरक्षण गर्ने नीति लिएको बताएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
