एजेन्सी -पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् ।
गार्सियालाई उनको आवासमा घुस लिएको आरोपमा पुलिसले पक्राउ गर्न जाँदा उनले आत्महत्या गरेका हुन् ।
गार्सियालाई राजधानी लिमाको अस्पताल पुर्याइएको थियो । उनको मृत्युको पुष्टि पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले गरेका छन् ।
हस्पिटल बाहिर गार्सियाका समर्थक जम्मा भएकमा थिए । उनीहरुलाई पुलिसले नियन्त्रण गरेर फिर्ता पठाएको थियो ।
गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओेदेब्रक्तसँग घुस लिएको आरोप छ जसलाई उनले अस्विकार गरेका थिए । यी आरोपपछि अधिकारी उनलाई पक्राउ गर्नका लागि उनको घर पुगेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
