काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक एक हप्ताको लागि स्थगित भएको छ । सोमबारको बैठकमा कांग्रेसका सांसदहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको थियो।
राष्ट्रियसभाको दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध सुचारु गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १४ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
