बर्दिया– बढैयाताल गाउँपालिका-२ फुटाहबाट भन्सार छली ल्याएको करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको फेन्सी सामान आइतबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली २ वटा साईकलमा ल्याइरहेको अवस्थामा प्रहरीलाई देखि केही व्यक्तिहरु सो सामान र साईकल छोडी भागे पश्चाात् प्रहरीले उक्त फेन्सी सामानहरु बरामद गरेको हो ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
