Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा २ जनाको मृत्यु


  • सोमबार, पुष १६ २०७५

  • काठमाडौंमा २ जनाको  मृत्यु

    काठमाडौँ–काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि आजै रहस्यमयरुपमा मृत्यु भएको छ । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij