Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनबरीमा १ ढाकाटोपी दिवस मनाइने


  • आइतबार, पुष ८ २०७५

  • जनबरीमा १ ढाकाटोपी दिवस मनाइने

    काठमाडौँ- जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ ।

    सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

    विश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँं । त्यसका लागि हामीले विगत पाँच वर्षदेखि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ”– विज्ञप्तिमा भनिएको छ ।

    प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने गरिँदै आएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अभियानले माग गरेको छ ।

    यसवर्ष पनि जनबरी १ (पुष १७) का दिन बिहान ८ बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम आयोजना गरिने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij