Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनामीबाट इन्डोनेसियामा मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो


  • आइतबार, पुष ८ २०७५

  • सुनामीबाट इन्डोनेसियामा मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो

    एजेन्सि– इन्डोनेसियामा शनिबार राति आएको सुनामी र ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ६८ पुगेको छ। यस्तै ७ सय ४५ बढी घाइते भएका छन्।
    इन्डोनेसियाको जावा र सुमात्राका गाउँहरुमा सुनामीले बढी क्षति पुर्याएको छ। सबैभन्दा बढी पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ मा मानवीय र भौतिक क्षति पुगेको छ।
    इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले घटनाबारे दुःख व्यक्त गर्दै उद्धारमा कुनै कमि हुन नदिन सम्पूर्ण सरकारी अधिकारीहरुलाइ निर्देशन समेत दिएका छन्। इन्डोनेसिया विगत लामो समयदेखि ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij