पर्सा । वीरगञ्ज महानगरपलिका–३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादवको २ वर्षीय छोरा शिवकुमार यादवको सिक्का पैसा मुखमा अड्किएर मृत्यु भएको छ ।
शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर अशक्त भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
