Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्यमन्त्रीले बजेट ‘कब्जा’ गरे पछि बागमती सरकार संकटमा !


  • बुधबार, असार १७ २०८३

  • मुख्यमन्त्रीले बजेट ‘कब्जा’ गरे पछि बागमती सरकार संकटमा !

    काठमाडौं – बजेट विनियोजनमा एकलौटी गरे पछि बागमती प्रदेश सरकार संकटमा फसेको छ । मुख्य मन्त्री इन्द्र बाँनिया, अर्थमन्त्री प्रभात तामाङ र खानेपानी मन्त्री कृष्ण तामाङले बजेटमा एकलौटी गरे पछि विपक्षी नेपाली कम्युनिष्ट पार्टी मात्र होइन, सत्ता सहयात्री नेकपा एमाले र सरकारको नेतृत्व गर्ने दल कांग्रेस सांसदहरू समेत सरकारसंग रुष्ट बनेका छन ।

    मुख्यमन्त्री बाँनिया र दुई मन्त्रीले सिङ्गो प्रदेशको बजेट कब्जा गरे पछि कांग्रेसक १९ सांसदले कांग्रेस सभापति गगन थापालाई लिखित असहमति बुझाएका छन ।

    सरकारले शुक्रवार बजेट पास गर्ने तयारी गरिरहेको वेला सभापति थापाले असन्तृष्ट १९ सांसदलाई संसद बैठकमै नजान भनेको भेटमा सहभागी मध्यका एक सांसद्ले बताए । सभापति थापाले मुख्य मन्त्री वॉनियासंग छलफल गरेर निकाश निकाल्ने आश्वासन दिएको ती सांसद्ले बताए ।

    ६६ अर्व ९० करोडको वजेटमा करिव १५ अर्व मुख्यमन्त्री र दुई मन्त्रीले मनोमानी ढंगले विनियोजन गरेको भन्दै सांसदहरू सरकारसंग आक्रोशित छन । आफ्ना नजिकका र आफ्नो क्षेत्रमा मात्रै वजेट लैजाने र अन्य क्षत्रमा बजेटै नजाने अवस्था सृजना भए पछि सांसदहरु सरकार विरुद्ध संगठित बनेका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij