काठमाडौं – टोखा नगर पालिकाले नगर क्षेत्र भित्रको बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ३९ वटा पसललाई लाई १ हजार देखि ५० हजार सम्म जरिवाना गरिएको नगर पालिकाले जनाएको छ । एउटा पसललाई बन्द गरिएको छ । मुल्य सुचि नराख्ने, म्याद गुज्रेका सामान बेच्ने, सरसफाई नगर्ने जस्ता समस्या नगर भित्रका पसलमा भेटिएको नगर पालिकाले जनाएको छ । टोखा नगर भित्रका मासु पसलहरु अत्याधिक फोहोर भेटिएको अनुगमनमा संलग्न अधिकारीहरूले जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
