काठमाडौं – वंगलादेशमा जारी अण्डर २० साफ महिला फुटवल प्रतियोगितामा नेपालले श्रीलंकालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । नेपालले श्रीलंकाको पोष्टमा ७ गोल गर्दा श्रीलंकाले कुनै गोल फर्काउँन सकेन । हाफ टाइम अघि ५ गोलले अघि रहेको नेपालले हाफटाइम पछि २ गोल थपेको हो ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
