काठमाडौं – प्राय: प्रधानमन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गर्दै आएका काठमाडौं महानगर का मेयर बालेन्द्र साहले यस पटक उपप्रधान एवं शहरी विकाश मन्त्री प्रकाशमान शिंह विरुद्ध कटाक्ष गरेका छन । महानगरका वडाअध्यक्षहरुले कार्यपालिका बैठक बोलाउँन ज्ञापन पत्र बुझाए लगतै साहले शिंहको नामै लिएर आफुलाई असफल बनाउँन लागेको आरोप लगाएका हुन । प्रमुख प्रशासकिय अधिकृत नभएको विषयलाई लिएर वडाअध्यक्ष हरुले बैठकको माग गरेका छन ।
साहले सुकुम्बासी हटाउने देखि वालमन्दिर बचाउँने सम्मको काममा शिंहको सहयोग नपाएको उल्लेख गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
