Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मधेश प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ


  • बिहिबार, बैशाख ६ २०८१

  • मधेश प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

    जनकपुरधाम – मधेश प्रदेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी नेकपा  एमालेकी शारदा थापाले शपथ लिएका हुन् ।

    माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो ।

    राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij