Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेशहरुमा बाम सरकारको तयारी, कांग्रेस प्रतिपक्ष


  • बिहिबार, असार ३२ २०८३

  • प्रदेशहरुमा बाम सरकारको तयारी, कांग्रेस प्रतिपक्ष

    काठमाडौं – प्रदेश सरकारहरूमा नयाँ गठवन्धनको अवस्था विकसित भएसंगै वाम गठवन्धन अघि बढ्ने सम्भावना देखिएको छ । निर्णायक अवस्थामा देखिएको नेपाली कम्युनिष्ट पार्टी सहमतिको सरकारको पक्षमा देखिए पछि कांग्रेस प्रतिपक्षमा रहने अवस्थाको सृजना भएको छ । कांग्रेस सभापति गगन थापाले प्रतिपक्ष विहिन अवस्था बनाएर सरकारमा नजाने प्रष्ट पारेका छन । कांग्रेस प्रतिपक्षमा बसेमा नेकपा र एमाले सहितका अन्य दल मिलेर सरकार गठनहुने तर्क राजनितिक घट्नाक्रम विकसित भएको छ । सभापति थापाले सहमतिको सरकारको लागी प्रस्ताव आएको तर प्रतिपक्ष विहिन बनाएर सरकारमा जान नसकिने बताए ।

    श्रीलंका भ्रमणमा रहेका नेकपा संयोजन पुष्पकमल दाहाल स्वदेश फर्किए पछि सरकार गठनले आकार लिने छ। एमालेसँग पार्टी एकता वा कार्यगत एकताको पक्षमा रहेका दाहाल एमाले संगै सरकार गठन गर्न तयार हुने बताइन्छ ।

    कांग्रेस र एमाले विचको गठवन्धन प्रदेश तहमा पनि टुटेपछि नेकपा मुख्य शक्तिको रुपमा देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij