Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा अव्यवस्थित माइक्रो बस पार्किङ, दुर्घटनामा एकको मृत्यु


  • बुधबार, असार २५ २०८२

  • टोखामा अव्यवस्थित माइक्रो बस पार्किङ, दुर्घटनामा एकको मृत्यु

    काठमाडौं – टोखा नगर पालिकामा माइक्रो बसको अव्यवस्थित पार्किङले जोखिम निम्त्याएको छ । मूल सड्‌कमै माइक्रो पार्किङ गरेर राख्ने र ट्राफिक नियम समेत पालना नगर्ने गर्दा यात्रुहरु उच्च जोखिममा परेका हुन ।
    मंगलवार ग्रिनल्याण्ड चोकमा इभि माइक्रो बसले पठाओ चालकलाई ठक्कर दिदा सोनाम योञ्जनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । .प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो।
    ग्रिनल्याण्ड चोकमा बाटोमा माइक्रो बस पार्किङ गर्दा पैदल यात्रु जोखिमा परेका छन । विशेषगरी बालबालिका बढी जोखिममा छन । अझ माइक्रो पर्क्रिङ स्कूलको गेटमै भएकाले विहान बेलुका थप समस्या हुने गरेको छ ।
    माइक्रो बसको अव्यवस्थित पार्किङ, चालकको चरम लपर्वाहि र विद्यालय क्षेत्रको सम्बेदनशिलता ख्याल नगर्दा थप समस्या उत्पन्न भएको स्थानियको गुनासो छ । माइक्रो बसको पार्किङ लाई ब्यवस्थित बनाउँने र विद्यालय क्षेत्र प्रति थप जिम्बेवार बनाउँन टोखा नगर पालिका र ट्राफिक प्रहरीको कुनै चासो देखिदैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij