Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यरातमा इशान हस्पिटलमा भोगेको अमानविय पीडा…


  • बिहिबार, जेष्ठ २४ २०८१

  • मध्यरातमा इशान हस्पिटलमा भोगेको अमानविय पीडा…

    मेरो नाम रामबहादुर थापा (परिर्वतित नाम) हो । म काठमाडौंको टोखा नगरपालिका वडा नं. ७ को स्थायी बासिन्दा हुँ । जहाँ नीजि लगानीको इशान बाल तथा महिला अस्पताल सञ्चालनमा छ । आफु बस्ने ठाउँको अस्पताल भएकाले स्वभाविक रुपमा मेरो बच्चाको लागि स्वास्थ्य सेवा उक्त अस्पतालबाट लिँदै आएको छु । दुवै बच्चाको जन्म पनि सोहि अस्पतालमा भएको हो ।
    मिति २०८१ जेठ २३ गते बुधबार विहान करिब ३ बजे बच्चा विरामी भएपछि म बच्चा लिएर इशान अस्पतालको आकास्मीक कक्षमा पुगे । बच्चाको पेटमा ग्यास भरिएर रोइरहेको थियोे । बच्चाको अवस्थाले म र मेरो श्रीमति चिन्तीत थियौ । अस्पताल पुगेपछि तत्कालै उपचार हुने आशा मैले राखेको थिए । अस्पताल पुग्दा आकास्मीक कक्ष खाली थियो । एक जना नर्स मात्र थिइनन् । मैले उनलाई बच्चाको विरामीको अवस्थाको बारेमा जानकारी गराए । उनले टिकट काटेर आउन भनिन् । मैले त्यसै गरे ।
    टिकट काटेपछि नर्सर्ल बच्चालाई बेडमा राख्न भनिन् र अक्सिजनको मात्रा हेर्ने उपकरण जडान गरिन । त्यसको केहि क्षणपछि नर्सले कसैलाई टेलिफोन गरिन । सायद डाक्टरलाई टेलिफोन गरेको मैले अनुमान गरे । यी सबै प्रक्रिया गर्दा करिब आधा घण्टा विति सकेको थियो । टेलिफोन गरेको १५÷२० मिनेटपछि आकास्मीक कक्षमै भएको ढोकाबाट एउटा मानिस निस्कीयो । सायद त्यो डाक्टर थियो । कुनै मानविय सम्बेदना नभएको हठि र दम्भी पात्र जस्तो मानिस । मास्क र मेडिकल क्याप लगाएको त्यो मान्छे आएर बच्चाको अक्सिजन तार झिगेर जोडले फ्याक्यो । अनि रुखो शैलीमा बच्चालाई के भएको भनि सोध्यो । ति मानीसको व्यवहार देखेर केहि आक्रोश र केहि आश्चर्य लागेपनि बिरामी बच्चाको अवस्थाले मैले केहि बोलीन ।
    ती व्यक्तिले बेडामा राखेको बच्चालाई टुलमा राख्न भने । मैले बच्चा टुलमा अडिन नसक्ने भएकाले बेडमा नै जाच्न भने तर उनले मानेनन् । मेरो श्रीमतीले बच्चा काखमा लिएर टुलमा बसिन । उसले औपचारिकता पुरा गर्दै नाडी छामेको जस्तो गर्यो । र पेटको एक्स्रे गर्न भन्यो । जुन अस्वभाविक थिएन । एक्स्रेसगैं बच्चालाई तत्काल राहत हुने कुनै उपचार प्रयास होला भन्ने मेरो आशा थियो । तर उनले एक्स्रेसगैं बच्चालाई भर्ना गर्नु पर्ने भन्दै लेखा शाखामा पैशा जम्मा गर्न भने ।
    इशान अस्पतालको आकास्मीक कक्षमा पुगेदेखी स्भाविक लागि रहेको थिएन । एक घण्टा नाग्दासमेत उपचारको कुनै सुरसार थिएन । बच्चाको पेटको एक्स्रे गराए । त्यसपछि बच्चालाई बान्ता हुन सुरु भयो । बान्ता र दिशा एक साथ भएपछि बच्चाको पेटमा भएको ग्यास निस्कीयो र उसलाई ठुलो राहत भयो । अस्पतालमा रहेको शौचालयको कुनै पनि ढोका खुल्ला थिएनन् । सबै लक थिए ।
    पाकिर्ङ क्षेत्रको शौचालयमा पु¥याएर सरसफाई गऱ्यौ । त्यति गर्दा बच्चा सामान्य जस्तै भइसकेको थियो । म फर्किएर आकास्मिक कक्षमा पुगे । र त्यहाँ रहेको नर्सलाई अघि भेटिएको कर्कस व्यक्ति डाक्टर होकी होइन भनेर सोधे । उनले उक्त व्यक्ति डाक्टर भएको बताइन । मैले डाक्टरको नाम सोधे उनले ती डाक्टरको नाम सत्विस वा सर्भिस यस्तै भनिन् । मैले डाक्टरको प्रष्ट नाम र थर केहो भनेर साधे । नर्सले बताउन सकिनन् । मैले ती डाक्टर तराई मधेशमुलका हुन भन्ने मात्र बुझे । नाम र थर थाहा पाउन सकिन ।
    त्यति बेलासम्म उज्यालो हुन थालिसकेको थियो । बच्चा सामान्य अवस्थामा देखेकाले म केहि नबोली घरतिर हिडे । म सचेत नागरिकले एउटा नीजि अस्पतालमा भोगेको अमानविय र व्यापारिक चरित्र टुलुटुलु हेरेर बस्न सकिन र मेरो अनुभव सबैलाई बाढ्न चाहे । सरकारी निकायको उदासिनता र लाचार समाजले गर्दा अस्पताल र बुच्चर हाउसमा कुनै अन्तर छैन । स्वास्थ्यको खोल ओढेर जनता लुट्ने आरपी चौधरी जस्ता माफियाका रवैया निरन्तर चलिरहेको छ ।
    (कुराकानीमा आधारित)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij