काठमाडौं – पारिवारिक झगडाले एउटा सुन्दर परिवार कसरी समाप्त हुन्छ भन्ने दुखःद उदाहरण सोमवार काठमाडौंमा देखियो । तारकेश्वर नगरपालिका – २ काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेको घरमा लामो समय देखिको पारिवारिक कलहले यस्तो दुस्परिणाम निम्त्यायो कि परिवारका सबै सदस्य जीवीत रहेनन् ।
पाण्डेका परिवारका उनी सहित उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिकाले ज्यान गुमाएका छन । प्रारम्भिक अनुशन्धानवाट घरमूली पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेका छन ।
लामो समय कुवेतमा बसेर केहि वर्ष यता नेपाल फर्केका पाण्डेको परिवारमा मेलमिलाप थिएन । पत्नी सुनिता घर झगडा कै कारण वेलायत जाने तयारीमा थिइन । उनले विदेश उड्ने सबै तयारी सकेकी थिइन । तर आइतवारको रात यस्तो कालो रात बनेर आयो कि उनले आफ्नो मात्र होइन आफ्ना कलिला बच्चा सहित मृत्यु वरण गरिन । प्रहरीका अनुसार दिनेशले चक्कु प्रयोग गरेर पत्नी छोरा र छोरीको हत्या गरेर आत्महत्या गरे । प्रहरीले चार पेजको सुसाइड नोट फेला पारेको छ ।
परिवारमा हुने झगडाको व्यवस्थपन नहुँदा अकल्पनीय घटना घटेकोमा स्थानीय स्तब्ध छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
