Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दोलखा हस्पीटलको सहयोगार्थ पर्थमा कार्यक्रम


  • सोमबार, असार २७ २०७९

  • दोलखा हस्पीटलको सहयोगार्थ पर्थमा कार्यक्रम

    एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारि निकुन्ज वेस्टन अस्ट्रेलियाको आयोजनामा दोलखा हस्पीटलका लागि सहयोगार्थ एक च्यारिटी डिनरको आयोजना गरिएको छ । पर्थमा आयोजित सो कार्यक्रमवाट करिब पाँंच हजार डलर बचत गरिएको र सो रकम दोलखा हस्पीटलको सहयोगार्थ प्रदान गरिने नारिक निकुन्ज वेस्टन अस्ट्रेलियाकी संयोजक रत्ना गौतमले जानकारी दिइन । नारी निकुन्ज अस्ट्रेलियाले विभिन्न राज्य समिती मार्फत बिभिन्न राज्यहरुमा सहयोग वापत उठाइएको पन्ध्र हजार डलर समेत सोही हस्पीटलको महिला तथा बालबालिकाको हितका लागि हस्पीटलको स्तर उन्नतीका लागि प्रदान गर्न लागिएको जानकारी गौतमले दिइन । नेपालको ग्रामिण भेगमा आङ खस्ने समस्या लगायत महिला तथा बालबालिकाको उपचार्थ सहयोग गर्ने उद्देस्यका साथ यो सहयोग कार्यक्रम आयोजना गरेका हौ, हामीले यस पटक भने दोलखा हस्पीटलको स्तर उन्नतीका लागि यो सहयोग गर्न लागेका हौ , वेस्र्टन अस्ट्रेलियाकी संयोजक गौतमले सुनाइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij